समाचार

कारागार फर्किन तयार छु : टोपबहादुर रायमाझी


काठमाडौं— नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि कारागारमा रहेर अन्य कैदीसँगै कारागारबाट निस्केका टोपबहादुर रायमाझीले आफू कारागार फर्कन तयार रहेको बताएका छन् । रायमाझी सुन्धारास्थित केन्द्रीय कारागारमा थिए ।

कारागार स्रोतकाअनुसार रायमाझीले टेलिफोन सम्पर्क गरी आफू कुनै पनि कारागार फर्कन तयार रहेको बताएका हुन् ।रायमाझीले नै आफू आउन तयार रहेको बताए पनि अहिले नआउन भनिएको कारागार स्रोतले बताएको छ ।

३८ सय कैदीबन्दी रहेको यो कारागारबाट लगभग ३३ सय जति फरार भएका थिए । फरार भएका मध्ये केही कैदीबन्दी भने कारागार फर्किसकेका छन् । केही फर्कने क्रममा रहेको बताइएको छ ।