Breaking

राष्ट्रपति पौडेलसँग वार्ताका लागि सेनाले माग्यो जेन जी प्रतिनिधिहरूको नाम


 नेपाली सेनाले राष्ट्रपति रामचन्द्र पौडेलसँग वार्ताका लागि जेन जी प्रतिनिधिहरूको नाम मागेको छ ।

बुधबार हुने वार्ताका लागि नेपाली सेनाले जेन जी प्रतिनिधिहरूको नाम मागेको हो । जेन जीले विज्ञहरूसहितको टोली बनाएर सेनासँग वार्ता गर्नेछ ।

यसअघि प्रधानसेनापति अशोकराज सिग्देल र जेन जी प्रतिनिधिहरूबीत राष्ट्रपतिसँग हुने वार्ताको विषयमा मंगलबार राति छलफल भएको थियो ।

उक्त छलफलमा जेन जीको तर्फबाट करिब २० जना प्रतिनिधि सामेल रहने जनाइएको छ । जेन जीले वार्ताका लागि नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ र रास्वपा सांसद सुमना श्रेष्ठसँग पनि छलफल गरेका छन् । तर श्रेष्ठले आफू पार्टी विशेषमा आबद्ध भएकाले जेन जीका तर्फबाट वार्तामा बस्न नसक्ने जनाएकी छन्।