समाचार

प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक


काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् । अपिल जारी गर्दै प्रधानमन्त्रीले ‘हिजो सोमबार राजधानी र देशको विभिन्न भागमा भएको प्रदर्शन र त्यसपछिको घटनाप्रति दुखी छु’ भनेका छन् ।

उनले शान्तिपूर्ण तथा संवादको माध्यमबाट समाधान खोज्ने परिपाटी नै अपनाउने विधि भएको उल्लेख गरेका छन् ।

सार्थक निस्कर्षको लागि संबद्ध पक्षसँग संवादमा रहेको उल्लेख गर्दै उनले आजै साँझ ६ बजे सर्वदलीय बैठक आव्हान गरेको बताएका हुन् ।