समाचार

रास्वपा सांसद असीम र सुमनाले दिए प्रतिनिधिसभा सदस्यबाट राजीनामा


काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असीम शाहले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिएका छन् । जेनजीको प्रदर्शनमा सरकारले बर्बर दमन गरेको भन्दै उनले त्यसको विरोध र जेनजीको समर्थनमा राजीनामा दिएको बताएका छन् । मलाई सांसद पदमा बसिरहन मनले दिँदै दिएन,’ उनले भने । उनले विज्ञप्ति निकालेर संसद् सदस्य पदबाट राजीनामा बुझाएको जानकारी गराएका छन् । जेनजी आन्दोलनलाई सरकारले दमन गर्ने कार्य, शान्तिपूर्ण प्रदर्शनमा गोली चलाउने जस्ता अमानवीय कदम र नागरिक अधिकारमाथिको ठाडो हस्तक्षेप मेरो विवेक र जनताप्रतिको उत्तरदायित्व विपरीत भएको छ,’ उनले लेखेका छन् ।
उनले लेखेका छन्, ‘मैले पटक(पटक सदनमा युवाको आवाज बोलेँ, चेतावनी दिएँ( सडक विद्रोह हुनसक्छ, यदि युवाको भावना बुझिएन भने। तर सरकार चलाउनेहरूले कहिल्यै सुन्न चाहेनन्, कहिल्यै गम्भीरतापूर्वक लिन चाहेनन् ।

संसद् भवनको सुरक्षाभन्दा बच्चाहरूको ज्यान ठूलो हो भन्ने प्रश्न गर्दै उनले भवन जोगाउन हत्या गर्ने अपराध सरकारद्वारा भएको बताएका छन् ।

म अब सडकमा उत्रेर जेनजी पुस्ता, आफ्ना नागरिक र सत्यका पक्षमा लड्न प्रतिबद्ध छु,’ उनले लेखेका छन् ।

यस्तै सांसद सुमना श्रेष्ठले राजीनामा दिएकी छन् ।