जेनजी प्रदर्शनकारीले निवर्तमान गृहमन्त्री रमेश लेखकको घरमा आगजनी गरेका छन् । हिजोमात्रै पदबाट राजीनामा दिएका लेखकको घरमा प्रदर्शनकारीले नैकापस्थित घरमा पुगेर आगजनी गरेका हुन् ।
अहिले उनको घरबाहिर ठूलो संख्यामा प्रदर्शनकारीहरू जम्मा भएका छन् । यस्तै उर्जामन्त्री दिपक खड्रकाको घरमा पनि तोडफोड गरेका छनअन्य शीर्ष नेताहरूको घरमा पनि प्रदर्शनकारीले आगजनी र तोडफोड गरिरहेका छन् ।


प्रतिक्रिया