काठमाडौं — जेनजी पुस्ताले गरेको प्रदर्शन हिंसात्मक बनेपछि सरकारले छानबिन समिति बनाउने निर्णय गरेको छ ।मन्त्रिपरिषद् बैठकले छानबिन समिति बनाउने निर्णय गरेको सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
उनका अनुसार समितिले १५ दिनभित्र घटनाको छानबिन गरेर सरकारलाई प्रतिवेदन बुझाउने छ । मन्त्री गुरुङले छानबिन समिति गठनसंगै सरकारले बन्द गरेका सबै सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउने निर्णय समेत गरेको बताए ।
सोमबार राति बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल बन्द गर्ने यसअघिको निर्णयबाट सरकार पछि हटेको प्रवक्ता गुरुङले जानकारी दिए । उनका अनुसार यही विषयलाई लिएर आन्दोलन सुरु भएपछि सरकारले तत्काल निर्णय सच्याएको हो ।


प्रतिक्रिया