समाचार

जेनजी प्रदर्शन : तीन प्रदर्शनकारी घाइते


जेनजीको प्रदर्शनको क्रममा प्रहरीको रबर बुलेटबाट तीन जना घाइते भएका छन् । कर्फ्यु आदेश कार्यान्वयनको शीलशीलामा प्रहरीले रबर बुलेट चलाउँदा तीन जना घाइते भएको प्रहरीले बताएको छ । माइतीघरबाट सुरु भएको प्रदर्शन बानेश्वरमा निषेधित क्षेत्र तोडेर संसद भवन परिसर भित्र छिर्न खोजेपछि अवस्था तनावग्रस्त बनेको हो ।

संसद भवन परिसर भित्र नै प्रदर्शनकारी छिरेपछि प्रशासनले कफ्र्यु आदेश जारी गरेको थियो । अहिले उनीहरु रत्नराज्य स्कुल, थापाथली र मीन भवन क्याम्पस वरपर जम्मा हुन थालेका छन् ।