Breaking

भ्रष्टाचारविरुद्ध जेन जी पुस्ताका युवाहरुको प्रदर्शन सुरु


काठमाडौं — भ्रष्टाचार, अव्यवस्था र सामाजिक सन्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध जेन जी पुस्ताका युवाहरुले प्रदर्शन सुरु गरेका छन् । उनीहरु काठमाडौंको माइतीघर मण्डलामा भेला भएर प्रदर्शनमा उत्रिएका हुन् ।

केहि युवाहरु कलेज र स्कुल पोशाकमा समेत देखिन्छन् । उनीहरुले ‘जेनजी पुस्ता चिच्याउँछ, भ्रष्टहरुलाई गिज्याउँछ’ लगायतका नारा लेखेका प्लेकार्ड बोकेका छन् ।

जेनजी पुस्तालाई विभिन्न राजनीतिक दल, जनप्रतिनिधि, कलाकार, विभिन्न पेशा व्यवसायमा संलग्न व्यक्ति र स्वतन्त्र युवाहरुले समर्थन गरेका छन् ।

प्रदर्शनका कारण नयाँ बानेश्वर–माइतीघर सडक प्रभावित हुने सम्भावनालाई उपत्यका ट्राफिक प्रहरीले निगरानी गरिरहेको बताईएको छ ।