समाचार

कांग्रेसले बोलायो केन्द्रीय कार्य सम्पादन समितिको बैठक


काठमाडौं — नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आह्वान गरिएको छ । पार्टी सभापति शेरबहादुर देउवाले आफ्नै निवास बूढानीलकण्ठमा बैठक बोलाएका हुन् ।

बैठक आइतबार बिहान ९ बजे बस्ने कांग्रेस केन्द्रीय कार्यालयले जानकारी दिएको छ ।

बैठकमा केन्द्रीय कार्य सम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशन दिइएको छ ।