काठमाडौं— राष्ट्रिय राजनीतिमा एकअर्कालाई खुइल्याउने र आरोप–प्रत्यारोपको मुख्य अस्त्र बनेको साइबर सेनालाई नै फ्लप खुवाउने गरी यतिबेला नेपाली फिल्म क्षेत्रमा ‘खेताला युद्ध’ले हङ्गामा मच्चाइरहेको छ । यो वर्ष दसैँको फूलपातीमा चलचित्र ‘माइतीघर’, ‘बलिदान’ र ‘हरिबहादुरको जुत्ता’ सहित तीन चलचित्र प्रदर्शनमा आउँदै छन् । चलचित्र प्रदर्शनअघि नै ‘माइतीघर’का निर्माता रोहित अधिकारी र ‘बलिदान’का निर्माता सन्तोष सेनबीचको विवाद उत्कर्षमा पुगेको छ । माइतीघरका निर्माता अधिकारी र बलिदानका निर्माता सेनबीच छेडिएको वाकयुद्धमा कलाकार तथा निर्माता दीपकराज गिरीको प्रवेशपछि विवादले थप उग्र रूप लिएको हो । सामाजिक सञ्जालबाट सुरु भएको शीतयुद्ध धाकधम्की हुँदै भौतिक आक्रमणसम्म पुगेको आरोप–प्रत्यारोपले नेपाली फिल्म क्षेत्रमा हल्लीखल्ली मच्चिएको छ । निर्माता अधिकारीले बिहीबार बिहान सामाजिक सञ्जाल फेसबुकमा सीसीटीभी फुटेज पोस्ट गर्दै सन्तोष सेन र उनका केटाहरूले आफूलाई निगरानी गरिरहेको दाबी गरेका छन् …..
मनोरञ्जन


प्रतिक्रिया