काठमाडौं— नेकपा (एमाले) को सचिवालय बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो ३ बजे बस्ने बैठकमा विधान महाधिवेशनमा प्रस्तुत हुने प्रतिवेदनमाथि छलफल हुनेछ।
शुक्रबारबाट ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुने विधान महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक, सांगठनिक, विधान संशोधन र केन्द्रीय आयोगहरूका प्रतिवेदनमाथि छलफल र पारित गर्ने एजेण्डा छ । यसअघि केन्द्रीय कमिटी बैठक बोलाएर यी प्रतिवेदन पारित गर्ने तयारी भए पनि समय अभावलाई कारण देखाउँदै बैठक स्थगित गरिएको थियो।
यसैबीच, आज बस्ने सचिवालय बैठकमा उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली र स्थायी कमिटी सदस्य कर्ण थापाको फरक मतबारे पनि छलफल हुनेछ । तीनै जना नेताले विद्या भण्डारीलाई पार्टीमा फर्कन रोक लगाउने केन्द्रीय कमिटीको निर्णयविरूद्ध नोट अफ डिसेन्ट राखेका थिए ।


प्रतिक्रिया