समाचार

नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ अस्पताल भर्ना


काठमाडौं— नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ अस्पताल भर्ना भएकी छन् । छाती दुख्ने समस्यापछि उहाँलाई काठमाडौंको बाँसबारीस्थित गंगालाल अस्पतालमा भर्ना गरिएको हो ।

अध्यक्ष श्रेष्ठ पहिल्यैदेखि मुटुको बिरामी थिईन् । श्रेष्ठको गत वर्ष मुटुको शल्यक्रिया गरिएको श्रेष्ठको सचिवालयले जनाएको छ । पुनः स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको हो ।

उनको स्वास्थ्यमा क्रमिक सुधार देखिएको सचिवालयले जनाएको छ ।