समाचार

सच्चियो कुलिङ पिरियड, राष्ट्रिय सभाले के के उल्टायो ?, जागिरदेखि पेन्सनमा अब नयाँ प्रावधान (भिडियोसहित)


काठमाडौं— राष्ट्रिय सभाबाट संघीय निजामती विधेयक परिमार्जनसहित सर्वसम्मतले पारित भएको छ । लामो समयदेखि विवादित बनेको विधेयकमा मंगलबारै बसेको विधायन व्यवस्थापन समितिले सहमति जुटाएसँगै राष्ट्रिय सभामा पेस भएको थियो । राष्ट्रिय सभाले यसअघि प्रतिनिधिसभाले गरेको त्रुटिलाई सच्याउँदै परिमार्जनसहित सर्वसम्मतले पारित गरेको हो । मंगलबार राति १२ बजेभित्र पारित गर्नै पर्ने संवैधानिक दबाबका कारण केही सांसदको असन्तुष्टिका बीच विधेयक पारित गरिएको हो । राष्ट्रिय सभाबाट पारित विधेयकमा प्रतिनिधिसभामा छेडखानीमा परेको कुलिङ अफ पिरियडलाई सच्याउँदै दुई वर्षे अवधि कायम गरिएको छ । परिमार्जनअनुसार अब अवकाश भएका वा राजीनामा दिएका कर्मचारीलाई दुई वर्षसम्म कूटनीतिक नियुक्तिको बाटो पनि बन्द भएको छ ।