काठमाडौँ । ठूलो परिणाममा रकम लुकाएर राखेको सूचनाको आधारमा प्रहरीले छापा मार्दा काठमाडौँ महानगरपालिका–२६ गोंगबु स्थित टाउन प्लानिङमा करिब ४ करोड फेला परेको घरबाट प्रहरीले सुनका गहना पनि बरामद गरेको छ ।
गोरखाका विनोद श्रेष्ठको घरबाट ठुलो परिमाणमा सुनका गहना पनि समेत बरामद गरिएको अनुसन्धानमा संलग्न एक जना अधिकृतले बताए । सो घरमा ७६ वर्षीय विनोद श्रेष्ठ बस्दै आएका थिए । उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उपत्यका प्रहरी कार्यालय, जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी प्रभाग बसपार्कबाट खटिएका अनुसन्धान अधिकृतहरूले रकम र गहनाको तौल यकिन गर्दै छन् ।


प्रतिक्रिया