अन्तर्राष्ट्रिय

चीनमा पुटिनको सुरक्षा यस्तो, मोदी र सीले नै घेरे, तीन दिनका हेर्न लायक यी १० दृश्य (भिडियोसहित)


काठमाडौं— चीनको तियानजिनमा आयोजित साङ्घाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलन यसपटक औपचारिक एजेण्डाभन्दा बढी नेताहरूबीचको सम्बन्ध र तिनका अभिव्यक्तिले विशेष चर्चा कमायो। विश्व शक्तिका शीर्ष नेताहरू एउटै मञ्चमा भेला भएको यस सम्मेलनलाई कसरी सम्झने भन्ने बहस सुरु भइसकेको छ । भाषण, प्रस्ताव र औपचारिक सम्झौताभन्दा पनि नेताहरूबीचका १० फरक दृश्यहरू नै बढी चर्चित बने। सबैभन्दा पहिलो दृश्य त रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनफिङले हात मिलाएको क्षण सबैको ध्यानाकर्षणको केन्द्रमा रह्यो। अन्य नेताहरूसँग छोटकरीमा अभिवादन मात्र गरेको देखिएका सीले पुटिनसँग भने लामै कुराकानी गरे। यसलाई धेरैले दुवै नेताबीचको कूटनीतिक निकटता र सामरिक साझेदारीको संकेतका रूपमा व्याख्या गरेका छन् ।