काठमाडौं— सोभियत सङ्घको पतनपछि अघोषित तर सैन्य गठबन्धनसरह स्थापित शाङ्घाई सहयोग सङ्गठन (एससीओ) को २५औँ शिखर सम्मेलन चीनको तियानजिन सहरमा सकिएको छ । नेपालका दुई छिमेकी मुलुक भारत र चीनसहित रुस, इरान, पाकिस्तान, काजाकिस्तान, किर्गिस्तान, ताजिकिस्तान, उज्बेकिस्तान, बेलारुस गरी १० सदस्य राष्ट्र र १६ संवाद साझेदार मुलुक गरी २६ देशका राष्ट्रप्रमुखहरूको तियानजिन भेलाले विश्व राजनीतिमा भू–राजनीतिक तरङ्ग पैदा गरेको छ । एससीओको एजेन्डाभन्दा चीनका राष्ट्रपति सी चिनफिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीजस्ता शीर्ष नेताहरूको भेट सर्वाधिक चर्चामा छ । बदलिँदो र ध्रुवीकृत उन्मुख भू–राजनीतिमा भीभीआईपी नेताहरूको भेटले विश्व राजनीतिमा खैलाबैला मच्चाउँदा संवाद साझेदार मुलुकहरूको उपस्थितिको लेखाजोखा हुन थालेको छ । एससीओमा संवाद साझेदारको रूपमा रहेको नेपाल र प्रधानमन्त्री केपी शर्मा ओलीको सम्मेलनमा कन्तबिजोग देखिएन, यतिबेला यो विषय चर्चामा छ । विश्व राजनीतिका हस्तीहरूमाझ प्रधानमन्त्री ओलीको उपस्थिति छायामा प¥यो । फलतः अहिले स्वदेश नफर्किंदै प्रधानमन्त्री ओलीको चीन भ्रमण र कूटनीतिक भेटघाट आलोचनाको केन्द्रमा छ ।
समाचार


प्रतिक्रिया