काठमाडौं— यी हुन् धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राई । सोमबार काठमाडौँ आउँदा उनका समर्थकहरूले विमानस्थलमा भव्य स्वागत गरे । उनी भेटघाट तथा संगठन विस्तारका लागि संघीय राजधानी काठमाडौँ आएका हुन् । मोटरसाइकल ¥यालीसहित कालिकास्थानमा रहेको सांस्कृतिक संघमा पुगेका उनले त्यहाँबाट भेटघाट मात्र गरेनन् कि संगठन विस्तारसमेत गरे । अर्थात आगामी कात्तिक १७ गते हुने रुपन्देही–३ को उपनिर्वाचनले देशमा सरगर्मी बढिरहेका बेला हर्क पनि पार्टी स्थापनामा अग्रसर भएका हुन् । अब उनको संगठनले उम्मेद्वारी समेत दिने सम्भावना छ । स्वतन्त्र रुपमा धरानको मेयर जितेका उनी यहीबाट संगठित हुँदै आगामी निर्वाचनमा पुरानाको विकल्प हुने तयारीमा जुटेका छन् । यी चाहिँ काठमाडौँ महागरपालिकाका प्रमुख बालेन्द्र शाह उर्फ बालेन । उनले पनि नयाँ पार्टीको तयारी गरिरहेको चर्चा छ । स्वतन्त्रबाटै मेयर जितेका बालेनले पनि रुपन्देही–३ को उपनिर्वाचनलाई शक्ति मापनको आधार बनाउने तयारी गरेका छन् ।
देश


प्रतिक्रिया