बैँक / वित्त

भदौ २९ गतेदेखि दशैंका लागि सुकिला नोट साट्न पाइने


काठमाडौं— नेपाल राष्ट्र बैंकको सुचनाअनुसार दशैंका लागि सुकिला नोट यही भदौ २९ गतेदेखि साट्न पाइनेछ । राष्ट्र बैंकले सूचना जारी गर्दै भदौ २९ गतेदेखि असोज १० गतेसम्म सुकिला नोट साट्न पाइने जानकारी गराएको हो ।

इजाजत प्राप्त क, ख, र ग वर्गका बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरुबाट सर्वसाधारणका साथै संघरसंस्थालाई कारोबारको समयमा नोट सटही हुनेछ ।

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागको थापाथलीस्थित कार्यालयका साथै प्रदेश कार्यालयहरू विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीबाट सटही गर्न सकिनेछ ।