काठमाडौं — सहकारी घोटालाका मुख्य नाइके गितेन्द्रबाबु राई उर्फ जीबी राई हाल कहाँ, कुन अवस्थामा छन् भन्ने विषयमा नेपाल सरकार र नेपाल प्रहरी दुवै बेखबर देखिन्छन् । पाँचवटा सहकारीको करिब १६ अर्ब रुपैयाँ अपचलन गरी फरार रहेका जीबीलाई तीनवटा सरकार र तीन जना गृहमन्त्री फेरिँदा पनि पक्राउ गर्नु त परको कुरा, उनी कुन देशमा लुकेर बसेका छन् भन्नेबारे समेत भेउ पाउन नसक्नुले उनलाई नियोजित रूपमा लुकाइएको हो कि भन्ने आशंका उब्जिएको छ । जीबी राई संस्थापक अध्यक्ष रहेको पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था ठगी प्रकरणका फरार प्रतिवादी तथा पूर्वअध्यक्ष ज्ञानबहादुर बमजन १० लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् । आइतबार जिल्ला अदालत कास्कीमा आत्मसमर्पण गरेका उनलाई न्यायाधीश शंकरकुमार राईको इजलासले थुनछेक बहसपछि धरौटीमा छाड्न आदेश दिएको हो । बमजन सहकारीका मुख्य योजनाकार मानिएका जीबी राईका जेठान हुन् । उनले नै राईलाई पोखरा ल्याएर सहकारीको अध्यक्ष बनाएको छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ ।
देश


प्रतिक्रिया