काठमाडौं — चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओली भदौ १८ अर्थात सेप्टेम्बर ३ मा हुने भिक्ट्री परेडमा सहभागी हुँदैछन् भने यसको चासो सर्वत्र छ । यो फासीवाद विरूद्धको विश्व युद्ध र जापानी आक्रमण विरूद्ध चिनियाँ जनताको प्रतिरोधी युद्ध विजयको वार्षिकोत्सव अवसरमा आयोजना हुन लागेको परेड हो । यसकारण पनि कतै जापान रिसाउने त हैन भन्ने प्रश्न समेत छ । तर सो परेडमा जापानका पूर्वप्रधानमन्त्री युकियो हातोयामा समेत सहभागी हुने बताईएको छ । त्यस्तै इतिहास हेर्दा दोस्रो विश्वयुद्धको समयमा जापान, हिटलरको जर्मनी र मुसोलिनीको इटालीसँग मिलेर युद्ध लडेको थियो भने जापानले चीन र एकीकृत कोरिया दुवैलाई आफ्नो नियन्त्रणमा लिएको थियो।
यस जटिल परिस्थितिमा, चीनले आफूभन्दा धेरै शक्तिशाली जापानसँग बहादुरीपूर्वक लड्यो। जापानले चीन कब्जा गर्नुअघि, राष्ट्रवादी नेता चियाङ काई सेकको नेतृत्वमा रहेको सेनाले ठूलो क्षति सहँदै जापानको प्रतिरोध गरेको थियो।
अन्तर्राष्ट्रिय


प्रतिक्रिया