देश

रास्वपालाई सभामुखको चेतावनी, रविमाथि सुशीलाको प्रहार, बालेनको दादागिरीमा नागिनाको प्रश्न (भिडियोसहित)


काठमाडौं — संसदका चौथो र पाँचौँ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले तीन महिनादेखि प्रतिनिधिसभाको कामकारबाही बहिष्कार गर्दै आएका छन् । संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधन पटकपटक बहिष्कार गर्दै आएको रास्वपा र राप्रपाले शुक्रबार पनि प्रधानमन्त्रीलाई सुन्न चाहेनन् । भिजिट भिसा प्रकरणको छानबिनको मुख्य माग राखेर लामो समयदेखि विरोध गर्दै आएका रास्वपा र राप्रपालाई शुक्रबार बैठक सुरु हुनेबित्तिकै सभामुख देवराज घिमिरेले बस्न आग्रह गरेका थिए । तर रास्वपाबाट गणेश पराजुली र राप्रपाबाट ज्ञानेन्द्र शाहीले आफ्ना भनाइ राखेपछि बैठक छाडेर हिँडे ……….