काठमाडौं — नेपालीमा एउटा लोकोक्ति छ, ‘के गर्छस् मंगले, आफ्नै ढंगले’ भनेझै यतिबेला एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली चौतर्फी घेराबन्दीमा परेका छन् । प्र्रधानमन्त्री ओली र उनले नेतृत्व गरेको सरकार विस्तारै सडक आन्दोलनको चेपुवामा पर्न थालेको छ । मुलुकका दुई ठुला दल एमाले र कांग्रेस मिलेर ओली नेतृत्वमा दुई तिहाईको सरकार बनेको पनि चौध महिना बित्यो । गठबन्धन सरकार बने यता देशमा सबैभन्दा धेरै कोही आलोचित पात्र छन् भने उनी हुन्, प्रधानमन्त्री केपी शर्मा ओली। नेपालमा मौसम अनुसार प्राय हिउँद महिनामा धेरै जसो आन्दोलन हुन्छन् । तर अहिले त मध्य बर्खामै सडक आन्दोलन सुरु भएको छ । अनुदान कटौतीको विरोध गर्दै उखु किसानहरु संघीय राजधानी काठमाडौं केन्द्रित आन्दोलनमा छन् । यसका साथै विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै सामुदायिक विद्यालयका शिक्षक तथा निजी विद्यालयका सञ्चालकहरु पनि सडकमा उत्रिएका छन् । शिक्षक महासंघले प्रमुख राजनीतिक दलहरुका पार्टी कार्यालयमा धर्ना जारी राखेका छन् । यस्तै अन्य साना आन्दोलनका कार्यक्रमहरु पनि चलिरहेका छन् । यसका साथै सदनमा समेत प्रतिपक्षीबाट घेराबन्दीमा परिरहेको ओली सरकार चौतर्फी दबाबमा परिरहेको छ …..
देश


प्रतिक्रिया