देश

प्रहरीको कमान्डरमा खापुङ, ३० वर्षे प्रावधान हटे लम्बिन सक्छ कार्यकाल, विवादमै बित्यो थापाको नेतृत्व (भिडियोसहित)


काठमाडौं— प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) चन्द्रकुवेर खापुङ नेपाल प्रहरीको ३२ औँ प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त भएका छन् । भदौ १८ देखि अवकाशमा जान लागेका महानिरीक्षक दीपक थापाको कार्यकाल लम्ब्याउन प्रहरी नियमावली २०७१ को नियम १२७ (घ) मा रहेको ‘३० वर्षे सेवा अवधि’ को प्रावधान हटाउने चर्चाकाबीच सरकारले खापुङलाई ३२ औँ महानिरीक्षकमा नियुक्त गरेको हो । हालका आईजीपी थापा यही भदौ १८ गते राति १२ बजेदेखि अनिवार्य अवकाशमा जाने र प्रधानमन्त्री केपी शर्मा ओली शनिबारदेखि पाँच दिने चीन भ्रमणमा जाने भएकाले एकसाता अघि नै मन्त्रिपरिषद बैठकले भदौ १९ गतेदेखि लागु हुने गरी खापुङलाई महानिरीक्षक नियुक्त गरेको हो । आफ्नो ब्याचका एक्ला दाबेदार एआईजी खापुङ निर्विवाद (आईजीपी) चयन भएका हुन् । त्यसो त विगतमा आईजीपी बन्न आकांक्षीहरुको दौडधुप हुने गरेको अवस्थामा खापुङ भने त्यस्तो भाग्यशाली आईजीपी हुन्, जसले निर्विवाद नेपाल प्रहरीको सर्वोच्च कमान्ड सम्हाल्न पाए । आईजीपीमा नियुक्त खापुङ हाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुखको जिम्मेवारीमा छन् …..