काठमाडौं । सरकार र उखु किसानबीचको वार्ता निष्कर्षविहीन भएको छ । आज सिंहदरबारमा भएको वार्तामा कुनै सहमति हुन नसकेको उखु किसान संघर्ष समितिका प्रवक्ता उमेशचन्द्र यादवले जानकारी दिए ।
वार्तामा कृषिमन्त्री रामनाथ अधिकारीले केही दिन आन्दोलनका कार्यक्रम रोक्न आग्रह गरेका थिए । संघर्ष समितिले आन्दोलन नरोकिने तर आन्दोलनको स्वरुप परिवर्तन गर्न सक्ने जवाफ दिएको थियो ।
वार्तामा आफुहरुले प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान दिनुपर्ने माग राखेको प्रवक्ता यादवले बताए । कृषि मन्त्रालयको बार्षिक बजेटमा नै २ अर्व रुपैया उखु किसान अनुदान दिने भनेर छुट्टाउदा अर्थ मन्त्रालयले बजेट रोकेको उनले आरोप लगाए । उनले उखु किसानको ७५ करोड निकासा गरिसकेको अवस्थामा दशैँअघि नै अर्को ७५ करोड निकासा गर्नुपर्ने बटमलाइन रहेको बताए ।


प्रतिक्रिया