Breaking

प्रधानमन्त्री ओलीबाट मधेश प्रदेशको सुक्खाग्रस्त क्षेत्र अवलोकन


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तराई मधेश प्रदेशको सुक्खाग्रस्त क्षेत्र अवलोकन गरेका छन् । आज महोत्तरी र बाराका विभिन्न कार्यक्रममा सहभागी हुन पुगेका प्रधानमन्त्री ओलीले सोही अवसरमा हेलिकोप्टरबाट सुक्खाग्रस्त क्षेत्रको अवलोकन गरेका हुन् ।

मन्त्रिपरिषद्को यही ७ साउनको बैठकले तीन महिना अवधिका लागि मधेश प्रदेशभर विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको थियो ।

मध्य मनसुनमा पनि तराईका जिल्लामा खानेपानीको हाहाकार रहेको छ भने पानी नपरेसँगै किसानको धान रोपाइँ प्रभावित भएको छ ।