Breaking

सरकारले सदनलाई हेप्यो : हितराज पाण्डे


काठमाडौं—नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले सरकारले सदनलाई हेपेको आरोप लगाएका छन् । प्रतिनिधि सभाको बैठकमा विनियोजित शिर्षकमाथिको छलफलमा सम्बन्धित मन्त्रीहरु उपस्थित नभएसँगै उनले सरकारले सदनलाई हेपेको आरोप लगाएका हुन् ।

उनले कार्यसूचि आउने फेरि हटाउने काम जारी रहेको भन्दै आपत्ति जनाए । उनले सदनमा आन्दोलन भएको लामो समय भएपनि सरकार बेखबर रहेको बताए ।

उनले सांसदले नियमावली मान्नुपर्ने तर सरकारले मान्नु नपर्ने ? भन्दै प्रश्न गरे । उनले बजेटको कितव नआउँदा खर्च कटौतिको प्रश्ताव दिन नपाएको गुनासो गरे ।