शुक्रबारको प्रतिनिधि सभा बैठकबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाहिरिएका छन् । प्रतिनिधि सभाको बैठक सुरु भएलगत्तै रास्वपा र राप्रपाका सांसदहरु आआफ्नो ठाउँबाट उभिएर विरोध जनाएका थिए । सभामुख देवराज घिमिरेले उनीहरुलाई बस्न आग्रह गरे पनि उनीहरुले नमानेपछि सभामुख घिमिरेले मन्त्रालयगत बजेटमाथिको छलफल जारी राखे ।
त्यसपछि राप्रपा र रास्वपा सांसदहरु बैठक कक्षबाट बाहिरिएका हुन् । रास्वपाका पुरुष सांसदहरु आज कालो कपडा र निलो रिबनसहित संसद भवन पुगेका थिए । आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्नोत्तर कार्यत्रम राखिएको दिन रास्वपाका पुरुष सांसदहरु कालो कोट, कालो पाइन्ट र निलो रिबनसहित संसद भवन पुगेका थिए । महिला सांसदहरुले भने कालो कोट र कालो मिश्रित सारी लगाएका थिए । प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम भने कार्यसूचीबाट हटाइएको जानकारी गराईएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले ‘भिजिट भिसा’ प्रकरणमा छानबिन आयोग र गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै प्रतिनिधिसभाको अवरोध कायम गर्दै आएका छन् ।
प्रतिक्रिया