संघीय संसदअन्तर्गतको प्रतिनिधिसभाको पछिल्ला बैठकहरुमा प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले निरन्तर विरोध जनाउँदै आएका छन् । यसअघि मंगलबार विरोधकै कारण सहमति खोज्न भन्दै करिब ८ मिनेट चलेको संसद बैठक बिहीबारसम्मका लागि स्थगित गरिएको थियो । तर, रास्वपाले आफ्नो अडान कायम राख्दा बिहीबारको बैठकमा पनि विरोधलाई निरन्तरता दियो । बिहीबार भने विरोधकै बीच पनि सभामुख देवराज घिमिरेले बैठकको कार्यसूची अघि बढाए ।
राजनीति
प्रतिक्रिया