समाचार

इजरायलको युद्ध चर्किएपछि तर्सिए नेपाली, बंकरको बास, नेपाल फर्काउन सरकारको के छ तयारी ? (भिडियो सहित)


इजरायल र इरानको चर्किँदो युद्धको चपेटामा इजरायलमा रहेका नेपालीहरू पनि परेका छन् । दुई देशबीच निरन्तर मिसाइल प्रहार हुँदा रोजगारीका लागि इजरायल पुगेका नेपालीहरू ६÷७ दिनदेखि बङ्करमा बसिरहेका छन् । इरानले गरेको आक्रमणका कारण इजरायली बजार सुनसान छ भने बिहीबार बिहान ११ बजेसम्म मात्रै ५० वटाभन्दा बढी मिसाइल प्रहार हुँदा लामो समयसम्म बङ्करमा नै बस्नुपर्ने बाध्यता छ । पैसा कमाउन गएकाहरूको दैनिकी क्षेप्यास्त्र आउन थाल्ने बित्तिकै राडारले दिने जानकारी र त्यसको १० मिनेटमा बज्ने साइरनपछि ९० सेकेन्डभित्र बङ्करमा पस्नु मात्रै भएको छ ।