समाचार

आफूले कुनै पनि रकम लेनदेन गरेको छैन : सांसद चौधरी


चेक अनादर कसुरको आरोप लागेका नेकपा एसका सांसद तथा प्रमुख सचेतक मेटमणि चौधरीले आफूले कुनै पनि रकम लेनदेन नगरेको स्पष्टीकरण दिएका छन् । उजुरी दिने रोल्पाका धात बुढा मगर र आफूबीच मामा भाञ्जाको सम्बन्ध रहेको उल्लेख गर्दै उनले आफ्नो कुनै पनि आर्थिक कारोबार नरहेको स्पष्ट पारेका छन् ।

आफूहरुबीच यसअघि पनि सहयोग आदानप्रदान हुने गरेको उल्लेख गर्दै उनले उजुरी दिने मगरको चेक आफूसँग पनि रहेको जनाएका छन् । सांसद चौधरीविरुद्ध ५ करोड ४० लाखको चेक अनादरमा मुद्दा प्रक्रिया अघि बढेको हो ।

एमालेका मानिसहरूले उक्साएर आफूविरुद्ध उजुरी हालेको दाबी चौधरीको छ । उनी दाङ– १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।