इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनी यतिबेला विश्व राजनीतिमा चर्चामा छन् । इजरायल–इरानबीच बढ्दो द्वन्द्वका बीच खामेनीको चर्चा चुलिएको हो । मध्यपूर्वमा दीर्घकालीन शान्ति कायम गर्न इजरायललाई समाप्त पार्नुपर्ने बताउने खामेनीलाई अहिले इजरायलले नै निसाना बनाइरहेको छ । खामेनीले धेरै पटक आफ्ना भाषणमा इजरायलको अस्तित्व नामेट पार्ने बताउँदै आएका छन् । इजरायललाई ‘पश्चिम एसियाको क्यान्सर’का रूपमा चित्रण गर्ने इरानी सर्वोच्च नेता खामेनी, इजरायललाई उखेलेर फ्याँक्न जरुरी रहेको र त्यो सम्भव भएको बताउँछन् ।
अन्तर्राष्ट्रिय
प्रतिक्रिया