दुर्घटना

विनयी खोलाको बाढीले बस बगायो,यात्रुहरु सकुशल


पूर्वी नवलपरासीको दुम्किबासमा विनयी खोलाको बाढीले यात्रुबाहक बस बगाएको छ । बसमा सवार सबै यात्रुहरुको सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

३८ जना यात्रु बोकेर पूर्वबाट बर्दिया तर्फ जाँदै गरेको भे १ ख ४०८५ नम्बरको बस विहीबार राति करिब ११ बजेतिर पूर्व–पश्चिम राजमार्गअन्तर्गत विनयी खोलाको बाढीले बगाएको थियो । बाढीले बगाएको बस करिब एक किलोमिटर तल फेला परेको प्रहरीले जनाएको छ । बस आज बिहान फेला परेको हो ।

गत पुसमा पुल भाँचिएपछि उक्त सडकमा डाइर्भसन बनाइएको थियो । तर वर्षासँगैको बाढीले पटक–पटक डाइभर्सन बगाउँदा सडक अवरुद्ध हुने गरेको छ । सडक अवरुद्ध हुँदा सवारी साधनहरु बिच बाटोमै अलपत्र परिरहेका छन् ।