Breaking

दिलभूषण पाठकलाई पक्राउ नगर्न अन्तरिम आदेश


काठमाडौं—उच्च अदालत, पाटनले पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । यसअघि अल्पकालीन अन्तरिम आदेश जारी गरेको उच्च अदालतले दुवै पक्षको सुनुवाइ सुनि आदेशलाई निरन्तरता दिएको हो ।

उच्च अदालत पाटनका न्यायाधीश टंकप्रसाद गुरुङ र टीकाराम आचार्यको संयुक्त इजलासले बिहीबार सो आदेशलाई निरन्तरता दिएको हो ।अब पाठकले हालेको मुद्दा नटुंगिदासम्म प्रहरीले उनलाई पक्राउ गर्न पाउने छैन ।