श्रमदानका पिता भन्दै प्रशंसा पाएका धरान उपमहानगरका मेयर हर्क साम्पाङ अहिले श्रमदानको पनि दाम खोजेको भन्दै विवादमा तानिएका छन् । यो विवादले फेरि एकपटक आफ्नो विश्वसपात्र मानेका उपमेयर आइन्द्रविक्रम बेघासँग उनको तिक्तता तानव कै अवस्थामा पुगेको छ । उनीहरुको विवादको क्लाइमेक्स मंगलबार दिनभर उपमहानगरपालिकाको कार्यालयमै देखियो । मेयर साम्पाङका समर्थक बेघामाथि आक्रमणमा उत्रिँदा बेघाका समर्थक पनि उग्र बनेपछि झडपकै अवस्था सिर्जना भयो ।
समाचार
प्रतिक्रिया