अन्तर्राष्ट्रिय

ट्रम्पलाई नै खामेनीको धम्की, आत्मसमर्पण नगर्ने, इजरायल–इरान भिडन्त महायुद्धमा परिणत हुने खतरा (भिडियो सहित)


ट्रम्पलाई नै खामेनीको धम्की, आत्मसमर्पण नगर्ने, इजरायल–इरान भिडन्त महायुद्धमा परिणत हुने खतरा (भिडियो सहित)
इरान–इजरायलबीच जारी युद्ध थप उत्कर्षमा पुग्ने संकेत देखिएको छ । दुवै देशले एकअर्काविरुद्ध भीषण आक्रमण जारी राखेका छन्, जसले गर्दा सम्पूर्ण मध्यपूर्व क्षेत्रमा द्वन्द्वको त्रास बढेको छ । यसले युद्ध रोकिने तत्काल कुनै छाँटकाँट देखिएको छैन । इजरायलले इरानभरि आक्रमण गरिरहेको छ भने तेहरानले पनि निरन्तर जवाफी कारबाही गरिरहेको छ । इजरायली सेनाका अनुसार, इरानले बुधबार बिहानै नयाँ क्षेप्यास्त्रहरू प्रहार गरेको छ ।