Breaking

वर्षापछि सडक हिलो हुँदा दाउन्नेमा १२ घण्टादेखि जाम


काठमाडौं—गएरातिको वर्षापछि सडक हिलो हुँदा दाउन्ने सडकखण्डमा गाडी फसेका छन् । सोही कारण महेन्द्र राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको भुताहादेखि पूर्व नवलपरासीको चोरामारासम्मको क्षेत्रमा करिब ४५ किलोमिटर लामो जाम भएको छ ।

हिलोले फसेका गाडीहरू निकाल्न नसक्दा बिहान ५ बजेदेखि नै गाडी फसेको कावासोतीका इन्स्पेक्टर जनकराज बन्जराले अनलाइनखबरलाई जानकारी दिए । उनका अनुसार अहिले डाइभर्सन बनाएर भर्खरैबाट सडक सञ्चालन गरिएको छ । उनका अनुसार, ठूलो संख्यामा गाडीहरू सडकमै होल्डमा छन् ।

एकतर्फी मात्रै गाडी खुलेका कारण अझै धेरै समय सडक जाम रहने उनले बताए । यद्यपि, बाटो खुलाउने प्रयास भइरहेको छ ।