Breaking

ओली र देउवाबीच बालुवाटारमा छलफल


काठमाडौं—सत्ता साझेदार दलहरू नेपाली कांग्रेस र एमालेका शीर्ष नेताहरूबीच बुधबार दिउँसो बालुवाटारमा भेट भएको छ। प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाबीच बुधबार बालुवाटारमा भेट भएको हो।

राष्ट्रिय स्वतन्त्र पार्टी तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद्हरूले संसद्मा विरोध जारी राखेका बेला बिहीबारको प्रतिनिधिसभा बैठकको पूर्वसन्ध्यामा ओली र देउवाबीच भेट भएको हो।

दुई नेताबीच संसद अवरोधलगायत थुप्रै विषयमा छलफल भएको स्रोतले जानकारी दिएको छ। यसअघि मंगलबार साँझ प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच पनि बालुवाटारमा भेट भएको थियो।