मनाङ र लमजुङ जोड्ने एकमात्र बेसीशहर (चामे) सडक पहिरोका कारण अबरुद्ध बनेको छ । सडकखण्ड अन्तर्गत मस्र्याङदी गाउँपालिका(४, बुङछहरा नजिकै सडक माथिबाट ढुङ्गा सहितको सुख्खा पहिरो खस्दा सडक अबरुद्ध बनेको हो ।
सडक आयोजनासँगको समन्वयमा सुरक्षाकर्मीको टोलिले बाटो खुलाउने प्रयास गरिरहेको जिल्ला प्रहरी कार्यलय लम्जुङले जनाएको छ । सडक अबरुद्ध हुँदा दुबैतर्फका सवारी साधनहरु रोकिएका छन् ।
यस्तै पुर्व पश्चिम राजमार्ग अन्तर्गत पुर्वी नवलपरासी दुम्किवासमा विनय खोलामा निर्माण गरिएको डाइभर्सन बगाएपछि यात्रुबाहक सवारी साधन र साना सवारी साधनहरु होङ्सी गेटबाट सर्दी हुँदै बैकल्पिक सडकबाट संचालन गरिएको छ । मालबाहक ठुला सवारी साधनहरु भने रोकीएका छन ।
प्रतिक्रिया