देश

दबाब बढाउँदै रास्वपा, सदनमै निलो क्रान्तिको उद्घोष, रिसले चुर कांग्रेस–एमाले, निकाल्न सभामुख गुहारे (भिडियो सहित)

योहो संवाददाता

जनताका मुद्दामाथि छलफल गर्ने सङ्घीय संसद् पछिल्लो समय विरोध, नाराबाजी र होहल्ला गर्ने थलो जस्तो बनेको छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै रास्वपाले निरन्तर संसद्मा नाराबाजी गर्दै आइरहेको छ । मंगलबारको प्रतिनिधिसभा बैठकमा पनि रास्वपाका सांसदहरूले मानव तस्करको विरोध जनाउँदै निलो खादा लगाएर नाराबाजी गरे । नाराबाजीकै बीच सभामुख देवराज घिमिरेले पेलेरै संसद बैठक अगाडि बढाए ।मंगलबारको बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले (रास्वपा) का सांसदहरूले जथाभावी पहिरन लगाएर संसद् भवन प्रवेश गरेको भन्दै कारबाहीका लागि सभामुखको ध्यानाकर्षण गराए ।