बैंकिङ कसुरमा पक्राउ परेका डडेल्धुरा भागेश्वर ५ का २८ वर्षीय कैदीबन्दी हरिश सिंह पालीको कैलाली जिल्ला कारागारभित्रै शंकास्पद मृत्यु भएको छ । कारागारमा बेहोस अवस्थामा भेटिएका उनको उपचारका क्रममा मृत्यु भएको हो ।
मृत्यु भएको दुई दिन वित्दा समेत उनको शव उठ्न सकेको छैन । अचेत अवस्थामा भेटिएका पालीलाई दुई गते राति नै सेती प्रादेशिक अस्पताल लगिएकोमा उपचारका क्रममा राति नै मृत्यु भएको कैलाली कारागारका बसन्त खत्रीले जानकारी दिनुभयो । मृत्युको कारण स्पष्ट नखुलेको भए पनि अस्पताल पु¥याउने बेला उनलाई उच्च ज्वरो आएको थियो भने रक्तचाप निकै कम रहेको खत्रीको भनाई छ । उनको मुख, खुट्टा र शरीरका अन्य भागमा समेत चोट पटक समेत देखिएको छ।
सोही कारण पालीका आफन्तले कारागारभित्र कुटपिट गरेर हत्या गरेको आरोप लगाउँदै शव बुझ्न मानेका छैनन्। पालीका आफन्तहरूले कारागारभित्रै यातनाका कारण मृत्यु भएको भन्दै घटनाको निष्पक्ष छानबिनको माग गरेका छन्। उनको शव प्रादेशिक अस्पतालमै छ ।
प्रतिक्रिया