सदनको पहिलो र दोस्रो ठूलो दल मिलेर सरकारको नेतृत्व गरिरहँदा तेस्रो दल नेकपा (माओवादी केन्द्र) प्रमुख प्रतिपक्षीको हैसियतमा थियो । तर, माओवादी पनि सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा (एमाले)कै कित्तामा उभिन पुगेपछि सदनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिपक्षको भूमिका निभाइरहेका छन् । यद्यपि, रास्वपा र राप्रपा पनि एक भएर सरकारलाई दबाब दिन भने असमर्थ देखिएका छन् । भिजिट भिसा प्रकरणमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सरकारसँग दुई बुँदे सम्झौता गरेर पछि हटेपछि उनी सत्तापक्षको सहयोगी जस्तै बनेका छन् ।
देश
प्रतिक्रिया