अन्तर्राष्ट्रिय

Israel Iran War: पाँचौँ दिनमा झनै चर्कियो, ट्रम्पले बोली फेरे, जित्ने इजरायल कि इरान ? (भिडियो सहित)


सानोतिनो तनाव सिर्जना हुनु मध्यपूर्वका लागि नौलो कुरा होइन । तर, गत शुक्रबारदेखि मध्यपूर्वको तनाव उत्कर्षमा पुगेको छ । यसले तेस्रो विश्वयुद्ध निम्त्याउन सक्ने अड्कलबाजीसमेत हुन थालेको छ । इजरायलले इरानमाथि आक्रमण गरेपछि मध्यपूर्वको शान्ति बिथोलिएको हो । यससँगै विश्व राजनीतिमा नयाँ तरंगसँगै विभिन्न किसिमका आशंका पनि फैलिएका छन् । युद्ध भयानक हुन सक्ने संकेतबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरानमा रहेका सबैलाई उक्त स्थान छाड्न सुझाव दिएका छन् ।