अन्तर्राष्ट्रिय

एयर इन्डिया एयरलाइन्सको अहमदावाद–लन्डन फ्लाइट रद्द


काठमाडौं—भारतको एयर इन्डिया एयरलाइन्सको मंगलबार हुनुपर्ने अहमदावाद–लन्डन फ्लाइट रद्द भएको छ । भारतको गुजारतको अहमदावादको सरदार वल्लभ भाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट लन्डनको ग्याटविक विमानस्थलका लागि उडान भर्न लागेको एआई १५९ फ्लाइट एक्कासि रद्द गरिएको हो । यो विमान दिउँसो एक बजे उड्नु पर्नेमा रद्द गरिएको हो ।

एयर इन्डिया एयरलाइन्सले फ्लाइट एआई १५९ रद्द हुनुको कारणमा विमान उड्ने अन्तर्राष्ट्रिय हवाइ क्षेत्र (एयर स्पेस) को उपलब्धता नहुनु रहेको स्पष्टीकरण दिएको भारतको टाइम्स अफ इन्डियाले जनाएको छ ।

साथै एयर इन्डियाले विमानमा आएको प्राविधिक गडबडीका कारण रद्द भएको भन्ने आफवाहहरुलाई निराधार भएको पनि बताएको छ ।

गत बुधबार भारतको सोही सरदार वल्लभ भाइ पटेल अन्तराष्ट्रिय विमानस्थलबाट लन्डनको ग्याटविक विमानस्थलका लागि उडेको विमान केही सेकन्डभित्र दुर्घटना भएको थियो । त्यसै सन्दर्भमा आजको एआई १५९ उडान हुन नसक्दा विभिन्न अफवाहहरु फैलिएको टाइम्स अफ इन्डियाले जनाएको छ ।