भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समिति गठनको माग राखेर राष्ट्रिय स्वतन्त्र पार्टीले संसदमा अवरोध कायम राख्दा सत्तारुढ दल पेलेरै अघि बढेको छ । सोमबारको बैठकमा पनि रास्वपाका सांसदहरूले सुरुमा वेल घेराउ र नाराबाजी गरे भने पछि भुइँमा पलेँटी कसेर बसे । राप्रपाका सांसदले बैठक बहिष्कार गरेर बाहिरिँदा रास्वपा सांसद सुमना श्रेष्ठ भने योग आसनमा झैँ वेलमा बसिरहेकी थिइन् । आँखा चिम्लेर ध्यान गरेजस्तो गरी उनले संसद्मा विरोध जनाइरहँदा प्रतिपक्षी दलको विरोधका बीच सभा सञ्चालन गरिएको भन्दै कतिपयले प्रश्न समेत उठाए । तर, सभामुखले त्यस्तो आग्रह सुनेनन् ।
Breaking
प्रतिक्रिया