देश

राप्रपाका उपाध्यक्ष मिश्र काठमाडौ जिल्ला अदालतमा उपस्थित,आजै थुनछेक बहस हुने


काठमाडौं—राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका उपाध्यक्ष रविन्द्र मिश्र काठमाडौ जिल्ला अदालतमा उपस्थित भएका छन । महामन्त्री धवलशमशेर जवरापछि मिश्र पनि अदालतमा उपस्थित भएका हुन् । तीनकुने घटनामा प्रतिवादी बनाइएका मिश्र मंगलबार विहान अदालतमा उपस्थित भएका हुन् । उनको आजै थुनछेक बहस हुने बताइएको छ ।

गत जेठ ११ मा मिश्र विरुद्ध ४ वटा मुद्दामा अभियोजन गरिएको थियो । मिश्र विरुद्ध राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव, सङ्गठित अपराध र एकीकृत कसुरमा सजाय हुन मागदावी लिइएको हो ।

तीनकुने घटना भएको चैत १५ कै राति मिश्र पक्राउ परेका थिए । पक्राउविरुद्ध उनी सर्वोच्च अदालतमा बन्द्रीप्रत्यक्षीकरणको रिट बोकेर सर्वोच्च पुगेका थिए । जसमा सर्वोच्चले उनलाई रिहा गर्न आदेश दिएको थियो । सो आदेशलगत्तै हाजिर जमानीमा रिहा भएका उनी सम्पर्क विहीन हुँदै आएका थिए ।