मध्यपूर्वी दुई राष्ट्र इजरायल र इरानबीच गत शुक्रबारदेखि सुरु भएको अघोषित युद्ध रोकिने कुनै सङ्केत देखिएको छैन । युद्ध लम्बिँदै जाँदा यसको आकार पनि त्यति नै भयङ्कर बन्दै गएको छ । दुवैतर्फबाट क्षेप्यास्त्र प्रहार भइरहँदा कूटनीतिक पहल भने हुन सकेको छैन । बरु, दुई राष्ट्रबीच बदलाको भावनाले द्वन्द्व थप चर्किँदै गएको छ । सुरुमा इजरायलले थालेको आक्रमण अहिले दोहोरो भिडन्तमा परिणत भएको हो ।
अन्तर्राष्ट्रिय
प्रतिक्रिया