काठमाडौं — पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको विनयी खोलामा बनाइएको डाइभर्सन बाढीले बगाउँदा यातायात प्रभावित भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार गएरातिको वर्षाले विनयी खोलाको डाइभर्सन बगाएपछि त्यहाँबाट सवारी सन्चालन हुन सकेको छैन । । डाइभर्सनभन्दा माथिबाट पानी बगिरहेकाले त्यहाँबाट गाडी चलाउन सम्भव नभएको कार्यालयले जनाएको छ । मालबाहक बाहेक यात्रुबाहक बस र साना गाडीहरु सर्दि गाउँ हुँदै दुम्किबास बजार निस्किने गरेका छन् ।
तर, दुम्किबास दाउन्नेको उकालो उक्लिन ती गाडीहरुलाई पनि समस्या भइरहेको छ । दाउन्नेको उकालो सडक हिलाम्मे र चिप्लो भएकाले सवारी साधन सन्चालनमा समस्या भएको हो ।
निर्माणाधीन दाउन्ने खण्डमा गाडी फस्ने समस्या देखिएकोले त्यस्ता ठाउँहरुमा प्रहरीहरु खटाइएको छ । घण्टौंसम्म जाममा बस्नुपर्दा सवारी साधनका चालक, सहचालकदेखि सयौं यात्रुहरु समस्यामा परेका छन् ।
प्रतिक्रिया