राजनीति

नैतिकताको लडाइँमा कांग्रेस र रास्वपा, जेलमा रहेका रविमाथि प्रहार, रमिते बने सभामुख र ओली (भिडियो)


काठमाडौं — यी हुन् सांसद नागिना यादव, कांग्रेस नेतृसमेत रहेकी उनले आइतबार संसद्मा रास्वपा सभापति रवि लामिछानेलाई ‘गन्हाउने व्यक्ति’को संज्ञा दिइन् ।

नेकपा माओवादीले साथ दिएपछि विपक्षीलाई पेल्ने अवस्थामा कांग्रेस पुगेका बेला यादवले संसद् अवरोध कायम राखेको राष्ट्रिय स्वतन्त्र पार्टीमाथि नेतृत्व देखाएर फायर खोलेकी हुन् ।