Breaking

यो सभा चलाउने तरिका भएन : राजेन्द्रप्रसाद पाण्डे


काठमाडौं—नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष एवं सांसद राजेन्द्रप्रसाद पाण्डेले प्रतिपक्ष दलहरुले संसदमा अवरोध गरिरहेको बेलामा संसद बैठक चलाउन उचित नभएको बताएका छन् ।

प्रतिनिधि सभाको बैठकमा आईतावर बोल्दै उहाँले प्रतिपक्षी दलहरु विरोधमा रहेको समयमा सभा सञ्चालन गर्नु राम्रो नभएको बताए ।

उनले अर्थमन्त्रीले बजेट प्रश्तुत भएपछि बजेटसँग सम्बन्धित कतिपय महत्वपूर्ण विषयहरुमा संसदमा धारणा राख्ने तर प्रतिपक्ष दलहरु नाराबाजी गर्दैगर्दा सभा सञ्चालन हुँदा कुनै कुरा नबुझेको बताए । उनले बैठक स्थगित गरी सहमति गरेर मात्रै सञ्चलन गर्न आग्रह समेत गरे ।