Breaking

माओवादीले छेपारो झैँ रङ फेर्याे, हामी सदन चल्न दिँदैनौँः राप्रपा


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले छानविन समिति नबन्दासम्म संसदमा अवरोध जारी राख्ने बताएकाछन् ।

सभामुख देवराज घिमिरेले बोलाउनुभएको प्रमुख सचेतकहरुसँगको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताउनुभएको हो ।

गृहमन्त्री रमेश लेखकले संसदमा शुक्रवार सम्बोधनका क्रममा धम्कीपूर्ण रुपमा प्रश्तुत भएको बताए । राप्रपाले मानव बेचबिखनको अनुसन्धान चाहेको उनको भनाइ छ । अहिलेका गृहमन्त्री लगायत यसअघिका गृहमन्त्री पनि छानविनको दायरामा आउए ।